खैरो हेरोइन र ट्रामाडोलसहित ४ जना पक्राउ
मङ्गलबार, २९ वैशाख २०८३, १९ : २७
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित लोलाङबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर घर भएर लोलाङ बस्ने २० वर्षीय सागर तामाङ, काभ्रेको चौंरी देउराली घर भएका २१ वर्षीय रोशन लामा, धादिङको खानीखोला नगरपालिका घर भएका १० वर्षीय बालक र सोही ठाउँका २४ वर्षीय अनिस लामा छन् ।
आरोपीहरु वैशाख २७ मा पक्राउ परेका हुन् ।
सागर तामाङको डेरा खानतलासी गर्दा २४ सय ३२ ट्याब्लेट ट्रामाडोल र ३.८१ ग्राम खैरो हेरोइन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए ।
लागुऔषध कारोबार गर्न चारजना भेला भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूमाथि बालाजु प्रहरीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण