शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लागुऔषधसहित युवक पक्राउ

बुधबार, ३० वैशाख २०८३, ०१ : ४३
बुधबार, ३० वैशाख २०८३

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।

‘ड्युटी’मा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा साउँदका साथबाट १४ ग्राम ८४० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप