शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सदन

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा

बुधबार, ३० वैशाख २०८३, १२ : ४८
बुधबार, ३० वैशाख २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।
  • प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि राजीनामाको माग गरिएको हो ।
  • अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि संसदका सबै विपक्षी दलहरूले विरोध जनाएका छन् ।

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् । 

आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए । 

योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप