राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
दाङ । राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ ।
जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार ५० बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिर ‘रिपोर्ट’ आएको छ ।
सबैभन्दा बढी उत्तरतिर अतिक्रमणमा परेको छ भने पश्चिम रानीजरुवा र पूर्वतिर पक्की घरहरू बनेका पाइएको उनको भनाइ छ । अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा पर्दा अस्पतालका संरचना विस्तारमा समस्या हुने गरेको अध्यक्ष लामिछानेले बताए ।
प्राविधिकसहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिय अघिबढाउने उनको भनाइ छ । अतिक्रमित जग्गाको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पनि अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण