आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
सारांश
- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज राति पोर्चुगल र चिली १५ वर्षपछि पुनः भिड्दै छन् ।
- यो खेल विश्वकप तयारीका रूपमा हुनेछ, जहाँ दुवै टोलीले आफ्नो रणनीति परीक्षण गर्ने अवसर पाएका छन् ।
- पोर्चुगल र चिलीबीच हालसम्म ४ पटक भेट भएको छ, जसमा तीन पटक पोर्चुगल विजयी भएको छ भने एक पटक चिली विजयी भएको छ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज पोर्चुगल र चिली आपसमा भिड्दै छन् । खेल आज राति साढे ११ बजे हुनेछ ।
खेलअघि पोर्चुगलले आफ्नो बलियो टोली मैदानमा उतार्ने तयारी गरेको छ । घरेलु मैदानमा हुने यस खेलमा प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वस्तरीय अनुभवी र युवा खेलाडीको मिश्रणलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय टोलीमा अन्य नियमित खेलाडीसँगै क्रिस्टियानो रोनाल्डो पनि मैदान उत्रिने सम्भावना छ ।
यो खेल विश्वकप तयारीका रूपमा हुनेछ, जहाँ दुवै टोलीले आफ्नो रणनीति परीक्षण गर्ने अवसर पाएका छन् । पोर्चुगलले हालैका खेलहरूमा राम्रो प्रदर्शन गर्दै आएको छ भने चिलीले पनि युवा खेलाडीहरूको संयोजनमा नयाँ टिम विकास गरिरहेको छ ।
फिफा विश्वकप २०२६ मा छनोट हुन नसकेको चिलीसँग पोर्चुगलले हालसम्म ४ पटक भेट गरेको छ, जसमा तीन पटक पोर्चुगल विजयी भएको छ भने एक पटक निर्धारित समयसम्म गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा चिलीले बाजी मारेको छ । सन् २०१७ मा फिफा कन्फिडेरेसन कपको सेमिफाइनलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा चिलीले पोर्चुगललाई ३–० गोलअन्तरले हराएको थियो ।
चिलीपछि पोर्चुगलले नाइजेरियासँग जुन ११ मा अर्को मैत्रीपूर्ण खेल खेल्नेछ र उज्बेकिस्तानसँग खेल्दै पोर्चुगलले फिफा विश्वकप २०२६ को आरम्भ गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण