शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौरीपालनबाट मनग्य आम्दानी गर्दै : केसी

मङ्गलबार, १२ जेठ २०८३, ०१ : ३३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • माधव केसीले माहुरीपालनबाट मनग्य आम्दानी गरेका छन्।
  • उनले तीन जनालाई रोजगारी दिएका छन्।
  • उनले वार्षिक करिब आठ लाख बचत गर्छन्।

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रूपमा उन्नत जातका माहुरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत दुई दशकदेखि सो पेसा अँगालेका उनले अहिले सफल माहुरी उद्यमीका रूपमा परिचित छन् । केसीले तीन जनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गरेका छन् ।

कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित भएपछि सुरुमा उन्ले २५ घार मौरीबाट व्यवसाय सुरु गरेका थिए ।

केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उनले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आएका छन् ।

केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप