लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत बुधबार बसेको आठौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आवकाे वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।
बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट निर्माण गर्ने स्पष्ट पारे ।
विपक्षी दलका नेता जोख बहादुर महरा ले विशेष समयमा सम्बोधन गरेका थिए। यसैबिच सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री तिमिल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिएका थिए। प्रदेश सभाको आगामी बैठकको मिति सूचना मार्फत जानकारी गराइने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण