शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभरेस्ट ढोका उद्योगमा आगलागी

शुक्रबार, १५ जेठ २०८३, १७ : २५
शुक्रबार, १५ जेठ २०८३

बाँके । नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ । आज दिउँसो करिब ३ः०० बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवराज थापाले बताए । उनका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप