रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर लेखक खगेन्द्र संग्रौलाले राजनीतिक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लामिछानेको दिल्ली भ्रमण र उनले त्यहाँ पाएको प्राथमिकतालाई नेपालको आन्तरिक राजनीति र भू–राजनीतिक सम्बन्धसँग जोडेका छन् ।
लेखक संग्रौलाले विगतमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले दिल्ली गएर अनुनय–विनय गर्दा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट नदिएको प्रसंग उल्लेख गरेका छन् । त्यस समयमा नेपालले जारी गरेको नयाँ राजनीतिक नक्सा (चुच्चे नक्सा) र त्यस वरपर सिर्जित 'राष्ट्रवादको प्रचारबाजी' का कारण ओलीले दिल्लीबाट उपेक्षा बेहोर्नुपरेको संग्रौलाले टिप्पणी गरेका छन् ।
हाल लामिछानेले दिल्लीमा स्वागत र महत्त्व पाइरहेको उल्लेख गर्दै संग्रौलाले यसका पछाडि भारतीय संस्थापनको रणनीतिक बुझाइ रहेको पनि संकेत गरेका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक भविष्य र त्यसपछिको सम्भावित परिदृश्यलाई पनि आफ्नो लेखाइमा जोडेका छन्, 'सत्तामा बालेनको अल्पायुपछिका कार्यकारी रवि हुन् भन्ने बुझेर त होला ।'
संग्रौला रातोपाटीका नियमित स्तम्भकारसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण