शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भेटवार्ता

भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता

बिहीबार, २१ जेठ २०८३, २३ : २६
बिहीबार, २१ जेठ २०८३

सारांश

  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
  • राजदूत गोर यसअघि नेपाल भ्रमणका क्रममा पनि सभापति लामिछानेसँग भेटघाट गरेका थिए ।
  • भारत भ्रमणमा रहेका नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।

काठमाडौँ ।  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन् । केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि उनले सभापति लामिछानेसँग भेटघाट गरेका थिए । नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गरी उनी भारत फर्किएका थिए । सोही भ्रमणका क्रममा उनले बालेन शाहसँग भने भेट गर्न पाएका थिएनन् ।

नेपाली राजनीतिमा यस भेटलाई निकै चासोका साथ हेरिएको छ । भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।

भेटका क्रममा नेपाल र अमेरिकाबिचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ । अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्ताक्रममा आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ । अमेरिका र नेपालबिचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप