आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार

आइतबार, २४ जेठ २०८३, १२ : ४९
आइतबार, २४ जेठ २०८३

सारांश

  • ललितपुरको फुल्चोकी जंगलमा शैक्षिक भ्रमणको क्रममा हराएका दुई विद्यार्थीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
  • एसएस एकेडेमीका विद्यार्थी र शिक्षकहरूको टोली फुल्चोकी घुम्न गएको थियो।
  • प्रहरीले झरना क्षेत्रमा खोजी गर्दा विद्यार्थीहरू र सोही क्षेत्रमा अलपत्र परेका अन्य दुई जनालाई फेला पारी उद्धार गरेको हो।

ललितपुर । ललितपुरको गोदावरीस्थित फुल्चोकी घुम्न जाने क्रममा जङ्गलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। 

काठमाडौँको बागबजारस्थित एसएस एकेडेमीबाट शिक्षक र विद्यार्थीहरूको टोली शनिबार फुल्चोकी क्षेत्रमा शैक्षिक भ्रमण तथा दृश्यावलोकनका लागि गएको थियो।

घुम्ने क्रममा उक्त समूहबाट दुई जना विद्यार्थीहरू छुटेर जङ्गलको जङ्गलमै हराएको भनी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममार्फत जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा जानकारी प्राप्त भएको थियो । खबर पाउनासाथ तत्कालै प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरी निरीक्षक बिक्रम केसीको कमाण्डमा ९ जनाको विशेष प्रहरी टोली खोजी कार्यका लागि परिचालन गरियो।

प्रहरी टोलीले फुल्चोकी जङ्गलको झरना एरिया (वाटरफल क्षेत्र) मा सघन खोजी गर्दा ती दुई विद्यार्थीहरू फेला परेका थिए। सोही क्षेत्रमा अन्य एक पुरुष र एक महिला पनि अलपत्र परेको अवस्थामा भेटिएका थिए। 

प्रहरीले उनीहरू चारै जनालाई जङ्गलबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएका सबै जनालाई आवश्यक प्रक्रिया पूरा गरी उनीहरूका आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप