एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
सारांश
- एमाले नेता गोकुल बास्कोटाले पार्टीको कार्यविभाजन र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाएका छन्।
- उनले पार्टीको कार्यविभाजनलाई सैनिक संगठनसँग तुलना गर्दै सोच्ने र नीति निर्माण गर्ने काम कार्यकर्ताको नभई आदेश पालना गर्ने मात्र भएको बताएका छन्।
- बास्कोटाले सोच्ने र विवेक प्रयोग गर्ने स्वतन्त्रता नभई केवल सैनिक ढाँचामा आदेश मात्र तामेल गर्ने हो भने एमाले देशको पहिलो पार्टी कसरी बन्छ भनी प्रश्न गरेका छन्।
काठमाडौँ । एमाले नेता गोकुल बास्कोटाले पार्टीको कार्यविभाजन र कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमा धारणा राख्दै बास्कोटाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र कार्यकर्ताको भूमिकालाई लिएर प्रश्न उठाएका हुन्।
उनले फेसबुक पोस्टमार्फत आफूलाई खगोलशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, प्राणीविज्ञान जस्ता विज्ञानका विषय मात्र नभई अङ्कगणित, बीजगणित, रेखागणित र इन्जिनियरिङको कुनै पनि ज्ञान नभएको भन्दै व्यङ्ग्यात्मक रूपमा विषयको उठान गरेका छन्। यति धेरै विधाको ज्ञान नभए पनि एमालेको हालैको कार्यविभाजन हेर्दा पार्टीभित्र कार्यकर्ता र तल्ला कमिटीको भूमिकामाथि उनले संशय व्यक्त गरेका छन्।
बास्कोटाले पार्टीको पछिल्लो कार्यविभाजनलाई सैनिक संगठनसँग तुलना गरेका छन्। एमालेको यो ढाँचा हेर्दा सोच्ने र नीति निर्माण गर्ने काम कार्यकर्ताको नभई केवल माथिको आदेश पालना गर्ने र लड्ने मात्र भएको उनको बुझाइ छ।
सोच्ने र विवेक प्रयोग गर्ने स्वतन्त्रता नभई केवल सैनिक ढाँचामा आदेश मात्र तामेल गर्ने हो भने एमाले देशको पहिलो पार्टी कसरी बन्छ भन्दै उनले कृत्रिम बौद्धिकतालाई सोधेका छन्।
उनले लेखेका छन्, ‘न एष्ट्रोनोमी,न फिजिक्स,न केमेस्ट्री,न वायोलोजी न त जुओलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो थाहा छैन। तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै। म एआईलाई सोध्छु -एमाले पहिलो कसरी बन्छ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण