आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा

आइतबार, १४ असार २०८३, ०७ : १६
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्।
  • बराबरीका बाबजुद दुवै टोली अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका छन्।
  • कोलम्बियाको एक गोल भीएआरबाट अफसाइडका कारण रद्द भएको थियो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का खेल सकिँदा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। बराबरीका बाबजुद दुवै टोली अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका छन्।

मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। इन्जुरी समयमा कोलम्बियाका डाभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाए पनि भीएआर जाँचपछि गोल अफसाइडका कारण रद्द गरिएको थियो। त्यसपछि खेल बराबरीमै समाप्त भयो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप