शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बसपार्कको होटलबाट पेस्तोलसहित तीन पक्राउ

सोमबार, ३० असार २०७६, ११ : ५९
सोमबार, ३० असार २०७६

काठमाडौँको नयाँ बसपार्कबाट तीन जना पेस्तोलसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटेको टोलीले आइतबार साँझ काठमाडौँ महानगरपालिका २६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका(४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय  राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय  सविन खवास छन् ।

उनीहरुको साथबाट बाराट मेड इटाली लेखिएको अटोमेटिक पेस्तोल र पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरेको छ ।

उनीहरुको साथबाट २२० सीसीको बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता, महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले ललितपुर गोदावरी नगरपालिका–१२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनलाई नगद ४५ हजार २५ रूपैयाँ  र ३ बुक तास सहित पक्राउ गरेको  छ ।             

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप