अफिसमा कर्मचारीको फेसबुक बन्द गरौंः सांसद रावल
काठमाडौं–नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।
बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार छलफलका क्रममा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।
उनले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कार्वाहीको व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन् । कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् ।
कर्मचारीले कार्यालयको फोटोकपिदेखि पेन्सिल इरेजरसम्म पनि व्यक्तिगत कामको लागि प्रयोग गर्न नपाउने ब्यवस्था गरौँ ।’
उनले एउटा खरिदारले काठमाडौँमा ३ वटा बङ्गला खरिद गर्छ भने उसको सम्पत्ति छानबिन हुनुपर्ने बताए।
समय समयमा कर्मचारीको सम्पत्ति विवरण अपडेट गर्ने व्यवस्था गर्न पनि उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त