राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन सकेनः पूर्व मुख्यसचिव कोइराला
काठमाडौं–पूर्व मुख्यसचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् ।
संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दीगो विकास लक्ष्यका प्राथमिकताका विषयमाथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन् ।
सँधै सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमता अनुसार काम गर्न नसकेको टिप्पणी उनले गरे ।
राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको तर्क उनले गरे । उनले भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सबै भन्दा राजनीतिक नेतृत्वका मुहान नै सफा हुनुपर्ने बताए ।
राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनले गरे ।
कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।
उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
-
देउवालाई लामिछानेको आग्रह : मलाई प्रधानमन्त्रीको अफरबारे प्रस्ट पारिदिनु होला
-
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
-
एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी
-
आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा