एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी
काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौँको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा कार्यक्रमबिच सो सम्पन्न भएको हो ।
सो कार्यक्रममा ग्राहकहरूलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको थियो । सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रूपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो ।
‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रूपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान् बनाउनमा अडिग रूपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनर्पुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण