संसद् बैठक
देउवालाई लामिछानेको आग्रह : मलाई प्रधानमन्त्रीको अफरबारे प्रस्ट पारिदिनु होला
आइतबार, ०६ जेठ २०८१, १८ : ४६
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गरे ।
उनले भने,‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्यो । कांग्रेस सभापतिलाई मेरो आग्रह छ– यहाँ आएर यसबारे प्रस्ट पारिदिनु होला ।’
कांग्रेसले एक जना सांसदलाई बोल्न दिने पार्टीबाट निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ?,’ उनी भन्छन्, ‘यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण