कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक
एजेन्सी । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ ।
फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो ।
कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।
कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो ।
प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन(बालुवाको ठूल–ठूला थुम्का)’लाई प्रतिविम्बित गर्छ ।
त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।
आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।
केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् ।
सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ । सन् २०२२ नोभेम्बर २१मा सुरु हुने प्रतियोगिताको फाइनल खेल सन् २०२२ डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण