शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीलाई मुगुवासीको आग्रह : नाक्चेनाङ्ला नाका खोल्नु  पर्‍यो

आइतबार, २६ असोज २०७६, ०७ : २९
आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा बिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका वर्षेनि एकपटक साउनमा १५ दिनमात्र मुगु र तिब्बतबीच हुँदै आएको व्यापारिक मेलाका लागि खुल्ने गर्छ । 

मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले यो नाकालाई औपचारिक रुपमा खोलेर सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए । डेढ दशकदेखि निर्माण कार्य ओझेलमा परेको नाक्चेनाङ्गला सडक निर्माणमा पनि चिनियाँ सहयोग खाँचो रहेको उनको भनाइ छ । चीन सरकारले मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दालाई अनुदान स्वरुप उपलब्ध गराउँदै आएको खाद्यान्न पनि नियमित गर्न उनले माग गरे । यो अनुदान गत वर्षदेखि स्थगित गरिएको छ ।

कर्णाली प्रदेशसभा सदस्य झोवा बिकले पर्यटकीय क्षेत्र राराको पर्यटन पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगको आशा व्यक्त गरिन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप