सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

शुक्रबार, १४ वैशाख २०८१, १४ : ४६
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय  नेपालीहरूको रोजगारीको  प्रमुख गन्तव्य बन्दै गएको छ  । 

क्रोएसियामा विगत लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका  समाजसेवी दावा लामाले एनआरएनए  क्रोएसिया तथा  त्यहाँ रहेका विभिन्न  नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै उक्त  ज्ञापन पत्र बुझाएका हुन्। 

करिब २० हजारको सङ्ख्यामा नेपालीहरू रोजगारी गरिरहेको  क्रोएसियामा राहदानी नवीकरणको लागी पनि निकै ठुलो हैरानी सहनु परेको छ। हाल क्रोएसियाको लागि  अस्ट्रियामा रहेको दूतावासले सहजीकरण गर्दै आइरहे पनि त्यो अपुग गरेको उनले बताए ।  

परराष्ट्र मन्त्रीसँगको भेट पश्चात् क्रोएसियामा रहेका नेपालीहरूको विभिन्न समस्याहरू समाधान हुनेमा आफू आशावादी भएको लामाले प्रतिक्रिया दिए  साथै मन्त्री श्रेष्ठले क्रोएसियामा रहेका नेपालीहरूको समस्या आफूलाई थाहा भएको र समस्याको समाधान गर्न पहल गर्ने आश्वासन दिए । 

26db315f-7c72-454f-a718-c3fc94b540af

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप