क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य बन्दै गएको छ ।
क्रोएसियामा विगत लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका समाजसेवी दावा लामाले एनआरएनए क्रोएसिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन्।
करिब २० हजारको सङ्ख्यामा नेपालीहरू रोजगारी गरिरहेको क्रोएसियामा राहदानी नवीकरणको लागी पनि निकै ठुलो हैरानी सहनु परेको छ। हाल क्रोएसियाको लागि अस्ट्रियामा रहेको दूतावासले सहजीकरण गर्दै आइरहे पनि त्यो अपुग गरेको उनले बताए ।
परराष्ट्र मन्त्रीसँगको भेट पश्चात् क्रोएसियामा रहेका नेपालीहरूको विभिन्न समस्याहरू समाधान हुनेमा आफू आशावादी भएको लामाले प्रतिक्रिया दिए साथै मन्त्री श्रेष्ठले क्रोएसियामा रहेका नेपालीहरूको समस्या आफूलाई थाहा भएको र समस्याको समाधान गर्न पहल गर्ने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण