सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?

शुक्रबार, १४ वैशाख २०८१, १४ : ५०
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । गर्मीका महिनामा चिसो पानीको खाँदा हाम्रो शरीरमा कस्तो प्रभाव पर्न सक्ला ? चिसो पानी पिउनु सामान्य कुरा लाग्न सक्छ । तर यसको प्रभाव धेरै हुन्छ । 

जाडोको तुलनामा गर्मीमा हामीले आफ्नो शरीरको विशेष ध्यान राख्न जरुरी हुन्छ । गर्मीमा शरीरमा सही तापमान बनाएर राख्न जरुरी हुन्छ । यसमा हामी गर्मीमा चिसो पानी सेवन गर्दा शरीरमा हुन सक्ने सम्भावित प्रभावहरूबारे कुराकानी गर्नेछौँ । गर्मीमा सही तरिकाले चिसो पानी प्रयोग गर्ने तरिकाबारे पनि बताउनेछौँ ।

गर्मी लाग्ने बित्तिकै मानिसहरू चिसो पानी वा सर्वत खान थाल्छन् । चिसो पानीले ताजगी दिन्छ । तर लामो समयसम्म यसको सेवनले स्वास्थ्यलाई उल्टै हानी पुर्‍याउँछ । मौसम परिवर्तन हुने समयमा यसको सेवन झन् हानिकारक हुन सक्छ । चिसो पानी पिउँदा हुन सक्ने केही हानीहरूः

दाँतका लागि संवेदनशील

चिसो पानी पिउँदा दाँतको संवेदनशीलता बढ्न सक्छ । चिसो पानीले दाँतको स्नायुलाई असर गर्छ । विशेष गरी संवेदनशील दाँत भएका वा दाँतमा छिद्र भएका व्यक्तिहरूमा चिसोले संवेदनशीलता वा दुखाइ निम्त्याउँछ । हलुका चिसो पानी पिउन सकिन्छ तर धेरै चिसो भने खानु हुन्न ।

टाउको दुखाइ र साइनस

छिटो छिटो चिसो पानी पिउँदा मेरुदन्डको स्नायुलाई पनि छिट्टै चिसो बनाइदिन्छ र मस्तिष्क जम्छ । एक्कासी तापक्रम घट्दा टाउको दुख्ने र साइनसको समस्या हुन सक्छ । यी दुवैले मस्तिष्कमा असर गर्छ । यस्तो अवस्थाबाट बच्न र स्वास्थ्यस्थित बिग्रन नदिन ठिक्कको चिसो पानी पिउनुस् ।

मुटुकाे गति कम  

चिसो पानीले मुटुको चालमा असर पर्न सक्छ भनेर के तपाईँले कहिल्यै सुन्नुभएको छ ? चिसो पानीले भेगस नसालाई उत्तेजित पारेर मुटुको गति कम गराइदिन्छ । यो नसा शरीर र स्नायु प्रणालीको महत्त्वपूर्ण अंग भएको अनुसन्धानले देखाएको छ । चिसो पानीले यो स्नायुलाई उत्तेजित गर्छ र मुटुको धड्कन कम गरिदिन्छ ।

घाँटी दुख्ने

गर्मीमा अति चिसो पानी पिउँदा घाँटी दुख्ने र नाक बन्द हुने जस्ता समस्या देखिन सक्छ । यी सबैले श्वासप्रश्वासमा असर पार्न सक्छ । चिसो पानी पिउँदा श्वासप्रश्वासको नलीमा अतिरिक्त कफ जम्मा भएर घाँटी र नाकसम्म आइपुग्न सक्छ ।

पाचनसम्बन्धी समस्या

चिसो पानी वा चिसो खानेकुरा सेवनपछि शरीरलाई खाना पचाउन समस्या हुन्छ । चिसो पानीले पेटलाई खुम्च्याइदिन्छ र खाना पचाउने प्रक्रियामा खलल उत्पन्न गराउँछ । पेटभित्रको तापमान अचानक फेरिँदा खाना प्रशोधन गर्न शरीरलाई गाह्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप