अष्ट्रेलियाको सानदार जित
काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो । यससँगै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा जमाएको हो ।
एकसय सात रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११.५ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित ५२ रन बनाए । डेविड वार्नरले अविजित ४८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो ।
पाकिस्तानका लागि इफ्तिखार अहमदले ४५ र ओपनर इमाम उलहकले १४ रन बनाए । अन्य ब्याट्सम्याने दोहोरो संख्यामा रन बनाउन सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले तीन, मिचेल स्टार्क र सीन एर्बोटले दुई दुई विकेट लिए । एस्टोन अगरले एक विकेट लिएका थिए । यसअघि पहिलो खेल बर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार