अर्थतन्त्रमा जोखिम बढ्दै
विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम बढाएको तथा भारतमा परेको आर्थिक मन्दीको असर प्रत्यक्ष रुपमा पर्ने नदेखिएपनि अप्रत्यक्ष रुपमा पर्ने देखिएको हो । निर्यात कम, कृषि उत्पादनमा गिरावट नआउनु तथा रेमिट्यान्समा असर नपरेको कारण प्रत्यक्ष रुपमा नेपालमा असर नपरेपनि भारतप्रतिको व्यापार परनिर्भराताले यसमा असर पार्न सक्ने प्रतिवेदनले औंल्याएको छ ।
मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इमिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको सन् २०१९ मा दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनमा आप्रवासी प्राप्त देशहरुमा भौगलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्नसक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्नसक्ने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल