रुपन्देही र पाल्पाका पत्रकारको आरडिटी नेगेटिभ
नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा आज बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४० पत्रकारको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए ।
खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताए । “पहिलो चरणमा ३५ जनाको आरडिटी भएको छ, अब अर्को चरणमा अरु सदस्यलाई समेट्छौंँ”, उनले भने।
महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताए ।
उनका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।
दोस्रो चरणमा रामपुरमा
तानसेन– नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको संयोजनमा क्रियाशील पत्रकारको आज कोरोना परीक्षण गरिएको छ ।
कोभिड –१९ को संक्रमण फैलिँदै गएपछि जिल्लाका ३६ पत्रकारको आरडिटी गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो चरणमा तानसेनमा परीक्षण गरिएको र दोस्रो चरणमा रामपुरमा परीक्षण गर्ने तयारी गरिएको महासंघका सचिव किरण कौशलले जानकारी दिनुभयो । पाल्पामा आजै ३९ नेपाली सैनिकको समेत आरडिटी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)