शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिद्वारा २ जनालाई दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, १९ असार २०७७, २३ : ०२
शुक्रबार, १९ असार २०७७

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनीहरु दुवैलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

मन्त्रिपरिषद्को यही असार १५ गतेको बैठकले सहायकरथी शाहीलाई उपरथीमा तथा महासेनानी पुनलाई सहायकरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी शाहीलाई युद्धकार्य महानिर्देशक र सहायक रथी पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप