मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्लाफाँटामा चितुवाको आक्रमणबाट एक युवक घाइते

शुक्रबार, १४ वैशाख २०८१, १६ : २१
शुक्रबार, १४ वैशाख २०८१

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् ।

वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ । यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।

भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताए । उनको हात र टाउकोमा घाउ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप