शुक्लाफाँटामा चितुवाको आक्रमणबाट एक युवक घाइते
शुक्रबार, १४ वैशाख २०८१, १६ : २१
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् ।
वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ । यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।
भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताए । उनको हात र टाउकोमा घाउ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण