प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरुसँग थप छलफलमा
शनिबार, २० असार २०७७, २० : ३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफलपछि फेरि आफू निकटका मन्त्रीहरुसँग थप छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।
यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरु सो अघि नै बैठकस्थलबाट बाहिरिएका थिए ।
प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् ।
यो पनि...