प्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजनले माफी माग्यो
काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो ।
केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो । उक्त प्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो ।
यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए । उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र