सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंकप्रसाद निरौलाले सरकारी जग्गा व्यक्तिको नाममा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अमिन निरौलाले जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९,५८१ र १५२ बाट कित्ताकाट गरी कित्तानम्बर ६२०,६२२ र ६२४ को जग्गा बदनियतपुर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानुनी रजिस्टार गराएर भ्रष्टाचार गरेका हुन् । निरौलाविरुद्ध अख्तियारले ६ लाख १८ हजार बिगो असुल उपरको माग दाबीसहित सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न भनेको छ ।
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण