शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपचार नपाउँदा बाजुरामा १६ वर्षिया सुत्केरीको मृत्यु

बिहीबार, ०५ असोज २०७४, २१ : ५५
बिहीबार, ०५ असोज २०७४

बाजुरा – उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । 

प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पुर्याएइकी सिद्धा विवाहिता भने हैनन् । उनकै गाउँकै श्रीचन्द्र रोकाया आफूबाट गर्भ रहेको थाहा पाएपछि भारत गएको मृतकका भाइ प्रशामले बताए ।

विकले भने, ‘यहाँ शल्यक्रिया हुँदैन चिकित्सकले भनेपछि छाँगाबाट खसेजस्तै भयौँ । जहाज आउला भनेर रातभर देउता सम्झियौँ तर जहाज नआएपछि दिदीको ज्यान गयो ।’ 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा विजयकुमार शाहका अनुसार मृतकको पाठेघरको मुखमा ट्युमर भएको थियो । यहाँ आकस्मिक प्रसूति सेवा थिएन । शल्यक्रिया गर्न पनि सकिँदैन थियो । केन्द्रसँग भएको भिडियो एक्सरे पनि पूर्ण रुपमा बिग्रिएको थियो । 

जिल्लामा आकस्मिक प्रसूति केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कोल्टी दुई दिनको पैदल दूरीमा पर्छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवाका लागि पटक पटक माग गर्दासमेत स्थापना हुन सकेको छैन । डा शाहले आफुहरुले आकस्मिक प्रसूति गराउने तालिम समेत नपाएका कारण कठिन भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप