शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको नियन्त्रणमा रहेका थुनुवा फरार

शनिबार, ०८ फागुन २०७७, ११ : ३८
शनिबार, ०८ फागुन २०७७

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा वैदेशिक रोजगार विभागको कार्यालयबाट भागेका छन् । 

गोरखा अजिरकोट घर भएका सन्तोष सदा शंकर शुक्रवार साँझ बुद्धनगरस्थित बैदेशिक रोजगार विभागबाट प्रहरीको घेरा तोडेर भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

महानगरीय अपराध महाशाखाको टोलीले गोरखा अजिरकोटका सन्तोषलाई पक्रेर बानेश्वर प्रहरीको हिरासतमा राखेको थियो । शुक्रवार वैदेशीक रोजगार ठगी मुद्दामा बानेश्वर प्रहरीले उनलाई विभागमा उपस्थित गरायो । 

विभागले म्याद थप गरेर पत्रसहित प्रहरीलाई थुनुवा जिम्मा लगाएको बताइएको छ । तर, प्रहरीको घेरा तोडेर सन्तोष भागे । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई खोजिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप