कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा घिमिरे
सोमबार, १७ फागुन २०७७, १९ : ३१
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा कृषि मन्त्रालयका प्राविधिक श्रीराम घिमिरे नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई समितिको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रालयका प्राविधिक घिमिरेलाई अध्यक्ष तोक्ने निर्णय भएको जानकारी दिए । अध्यक्ष तोकिएका घिमिरे यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवा एग्रो इको एण्ड मार्केटिङ समूहका सहसचिव (प्राविधिक) हुन् ।