शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

शनिबार, २२ वैशाख २०८१, १६ : ५६
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित नेपाल प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

  • धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बिरेन्द्रबजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ ग्राम ९ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सिरहा कर्जन्हा नगरपालिका-२ बस्ने ३५ वर्षीय ईन्दल साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले धारापानीबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार ईन्दललाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त पदार्थ फेला परेको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । 
  • मोरङ, रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ५ सय रुपैयाँसहित भारत घर भएका ३४ वर्षीय फिरोज सिद्धकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
  • सुनसरी, धरान उपमहानगरपालिका-५ साउने ठिङ्बारीस्थित सडकबाट अवैध लागु औषध गाँजा करिब २३ किलो ३ सय ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २४ वर्षीय पिन्टु यादव र २१ वर्षीय भरत यादव रहेका छन् । अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरीले को.३८ प ४१७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 
  • कैलाली, गोदावरी नगरपालिका-२ बस्ने २३ वर्षीय रोशन गुरूङलाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम र नगद १० हजार रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
  • यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरीया डेरा गरी बस्ने गौरिगंगा नगरपालिका-८ घर भएका २७ वर्षीय कबिन्द्र बखरीयालाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम र नगद ३६ हजार रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
  • पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागु औषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राकसीराङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया इन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप