बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

सत्ताका लागि ओलीसँग सहकार्य नहुने उपेन्द्र यादवको प्रस्टोक्ति

शुक्रबार, २८ फागुन २०७७, १६ : ०६
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले सत्ताका लागि केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने प्रस्ट पारेका छन् ।

शुक्रबार संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ‘लोकतन्त्रविरोधी’सँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन नसक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरुद्ध कदम चालेको, संसदको हत्या गरेको भन्दै यादवले सर्वोच्च अदालतबाट ओलीका असंवैधानिक तथा अलोकतान्त्रिक कदम परास्त भएको अवस्थामा फेरि उनैसँग सहकार्य गर्नका लागि आफ्नो पार्टी तयार नहुने प्रस्ट पारे ।

उनले जसपा नेपालले गठन गरेको कार्यदललाई रेशम चौधरीको रिहाइका लागि आवश्यक छलफल गर्ने जिम्मेवारी दिइएको प्रस्ट पार्दै उनले उक्त कार्यदलले सत्ता गठबन्धनका बारेमा कुनै प्रकारको छलफल नगर्ने बताए ।

‘हामीले सांसद रेशम चौधरीको रिहाइका लागि मात्र कार्यदल बनाएका हौं, सरकारका लागि होइन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप