राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा
बिहीबार, १८ वैशाख २०८२, १३ : ३४
काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएकी छन् । महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष थिइन् । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ ।
त्यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ । महासङ्घले समसामयिक बिषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण