पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त अभिनीत नयाँ फिल्म ‘खेल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्म प्रदर्शनमा आउन लाग्दा कलाकारको चर्चा हुनु स्वाभाविक हो । सुरक्षा पनि यतिबेला चर्चामा छिन् ।
तर, उनको चर्चाको विषय फिल्म ‘खेल’ नभएर एक अन्तर्वार्ता भएको छ । जसमा उनले पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको छ ।
अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ । जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ... पारसको छोरो होइन ? के रे नाम ?’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी उहाँको ठुलो फ्यान छ नि दाइ... योङ्स्टर नानी केटीहरूको भन्दै हाँस्छिन् । भन्छिन्, ‘धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा...।’
कार्यक्रममा उनलाई फेरि भविस्यमा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न राख्छन् । ‘आउनुस् फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन् ।
अन्तरवार्ताको यो क्लिप अहिले टिकटकमा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ ।
प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान