बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ। यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि र हत्या भएको छ ।
यस घटनाको चौतर्फी निन्दा भएको छ । साथै मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ।
बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिहीबार उनको घरबाटै अपहरण गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार ५८ वर्षीय रायलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटपिट गरी हत्या गरिएको हो ।
उनी बंगलादेश पूजा उद्यापन परिषद्को बिरल इकाईका उपाध्यक्ष थिए । हिन्दू समुदायमा उनको बलियो पकड थियो । उनी ढाकाबाट लगभग ३३० किलोमिटर टाढा दिनाजपुरको बासुदेवपुर गाउँका बासिन्दा भएका त्यहाँका प्रहरीले बताएको छ।
भावेशचन्द्र रायकी श्रीमती शान्तनाले भनिन्, 'श्रीमानलाई बिहीबार दिउँसो साढे ४ बजे फोन आएको थियो । फोन गर्ने व्यक्तिले भावेश घरमा छन् कि छैनन् भनेर जान्न चाहे ।' त्यसको लगभग आधा घण्टापछि दुई वटा मोटरसाइकलमा चार जना मानिस घरमा आएर आफ्ना श्रीमानलाई जबरजस्ती लगेका उनले बताएकी छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार भावेशलाई नजिकैको नाराबारी भन्ने गाउँमा लगिएको थियो र त्यहाँ निर्ममतापूर्वक कुटपिट गरिएको थियो । बिहीबार साँझ नै आक्रमणकारीहरूले भावेशलाई अचेत अवस्थामा भ्यानमा राखेर उनको घर पठाइदिएका थिए ।
उनलाई पहिले नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि दिनाजपुर मेडिकल कलेज लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण