जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम सुरु

धनुषा । जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू सुरु भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप
-
स्रष्टा, साहित्य र समाज
-
पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो
-
लुम्बिनी प्रदेश सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग बजेटबारे सुझाव संकलन
-
लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
-
करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित