धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।
रिजालको कुटाइबाट सख्त घाइते भएकी विकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरीरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट छन् ।
रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई कुटपिट गरेको बताइएको छ । रिजाललाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटना हिजो बिहान भए पनि परिवारजनले जाहेरी नदिएकोले रिजाललाई केही समय नियन्त्रणमा लिएर छाडेको रातोपाटीलाई बताए ।
उनले भने– ‘परिवारले जाहेरी नदिएको प्रहरीले २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएको छाडिएको हो।’ परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिने मल्लले बताए ।
रिजालमाथि हातपात, गाली बेइज्जती तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा कारबाही हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण