धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट

बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।
रिजालको कुटाइबाट सख्त घाइते भएकी विकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरीरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट छन् ।
रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई कुटपिट गरेको बताइएको छ । रिजाललाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटना हिजो बिहान भए पनि परिवारजनले जाहेरी नदिएकोले रिजाललाई केही समय नियन्त्रणमा लिएर छाडेको रातोपाटीलाई बताए ।
उनले भने– ‘परिवारले जाहेरी नदिएको प्रहरीले २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएको छाडिएको हो।’ परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिने मल्लले बताए ।
रिजालमाथि हातपात, गाली बेइज्जती तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा कारबाही हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय