बुटवलमा श्रमिकलाई नगदसहित सम्मान

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमका बिच बुधबार बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ई रिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले चर्को घाम,चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गतबर्षदेखि सम्मान गर्न थालेको बताए ।
श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै नगर प्रमुख पाण्डेयले श्रमिकहरूलाई वास्तविक रूपमै श्रमको सम्मान गर्ने बताए । बुटवल उपमहानगरपालिकाले पात बेच्ने,मकै पोल्ने र ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिका श्रमिकको पक्षमा,काम गरेर खानेहरूको पक्षमा र कृषकको पक्षमा रहेको भन्दै उनले उपमहानगरपालिकाले सीप सिकेर स्वरोजगार बन्न चाहने नगरवासीहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमहरू समेत प्रदान गर्दै आइरहेको छ ।
उपप्रमुख सावित्रीदेवी अर्यालले स्थानीय सरकार श्रमिक वर्गको साथमा छ भन्ने अनुभूति गराउन बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि मकै पोल्ने, पात बेच्ने र ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको भन्दै आगामी दिनमा गिट्टी कुट्ने श्रमिकहरूलाई पनि समेट्ने प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले