शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल

बिहीबार, १८ वैशाख २०८२, १३ : ३०
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् । 

आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘हामीले कसरी उहाँहरूलाई स्वदेशमै बस्न प्रेरित गर्ने ? वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा बाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एक ठाउँदेखि तालिम प्रदान गर्ने कुरा आउनुपर्छ । अहिले पनि कुनै पनि सीपबिना वैदेशिक रोजगारमा जाने साथीहरूले धेरै समस्याहरू भोग्नुपरेको छ ।’

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगारदाताको मागअनुसार पठाउने गरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप