बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

झापामा सडक दुर्घटना, एक जनाको मृत्यु

बुधबार, १७ वैशाख २०८२, २१ : ४१
बुधबार, १७ वैशाख २०८२

भद्रपुर । झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बराल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँना साथ चिकित्सकले मृत घोषण गरेका हुन् ।

दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–११ बस्ने ठालुप्रसाद एक्तेन र ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप