वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
पोखरा । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भएका कामको मूल्याङ्कन गरेर वित्तीय जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन कास्की जिल्ला समन्वय समितिले सार्वजनिक गरेको छ ।
रूपाले कूल सय अङ्क भारमा ६८ प्रतिशत पाएको हो । अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरेका जिसस प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
उनले कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अझै अपेक्षाकृत सुधार हुन नसकेको बताए । जुन हिसाबले सुधार हुनुपर्थ्यो, त्यो देखिएन,उनले भने, उत्कृष्ट अङ्क हाम्रा पालिकाले ल्याउन सकेनन् । तथापि आगामी दिनमा सुधार हुने विश्वास छ ।
४० प्रतिशतभन्दा तल उच्च जोखिम, ४० प्रतिशतदेखि ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अङ्क प्राप्त गर्ने पालिका न्यून जोखिममा रहने कार्यविधिमा उल्लेख छ ।
आफ्ना काममा व्यापक सुधार गर्न उनले पालिकालाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण