'माउन्ट एभरेस्ट' नक्कली नाम हो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा 'माउन्ट एभरेस्ट' नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरूको चर्चा गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका हुन् ।
‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।' ओलीले भने ।
उनी चढेको व्यक्ति पनि नभएको ओलीको भनाइ छ । 'उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन । एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण त्यो नक्कली नाम हो ।'
सोलुखुम्बुमा अवस्थित सर्वोच्च शिखरलाई सगरमाथा नै भन्नु पर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
-
'हाउस अरेस्ट' विवाद : अश्लील सामग्री प्रशारणको आरोपमा बिग बोस विजेता एजाजविरुद्ध मुद्दा दायर
-
हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, अझै भेटिएन
-
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह
-
सिंगापुरको आम निर्वाचनमा मतदान जारी
-
बिन्ती छोरा नेता नबन