'माउन्ट एभरेस्ट' नक्कली नाम हो : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा 'माउन्ट एभरेस्ट' नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरूको चर्चा गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका हुन् ।
‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।' ओलीले भने ।
उनी चढेको व्यक्ति पनि नभएको ओलीको भनाइ छ । 'उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन । एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण त्यो नक्कली नाम हो ।'
सोलुखुम्बुमा अवस्थित सर्वोच्च शिखरलाई सगरमाथा नै भन्नु पर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण