इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा
माउरो इकार्डीले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले एंगर्समाथि गोल वर्षा गरेको छ । बुधबार ५–० को जीत निकाल्दै पीएसजी फ्रेन्चको सेमिफाइनलमा पुगेको हो ।
इकार्डीले खेलको नवौँ मिनेटमा नै पीएसजीलाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा भिन्सेन्ट मानेकेउले आत्मघाती गोल गरे । दोस्रो हाफमा नेयमारले पीएसजीको अग्रता फराकिलो बनाए । त्यसपछि इकार्डीले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेर टोलीलाई सहज जित दिलाए ।
नयाँ प्रशिक्षक माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएसजी यो सिजन ३ वटा ट्रफी जित्ने होडमा रहेको छ । टोटनह्यामका पूर्व प्रशिक्षक पोचेन्टिहोले गत जनवारीदेखि पीएसजीको नेतृत्व सम्हालेका हुन् ।
हाल पीएसजी लिग वानमा शीर्ष स्थानमा रहेको लिलभन्दा मात्र एक अंकले पछि रहेको छ । लिगमा अब पाँच खेल खेल्न बाँकी छ ।
टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगिसकेको छ । पीएसजीले २८ अप्रिलमा हुने पहिलो लेगमा म्यान्चेस्टर सिटीको सामना गर्नेछ । दोस्रो लेग ४ मेमा इङ्ल्याण्डमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल