शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बिप्लव समुहका नेता यादव प्रहरी हिरासतमा

बिहीबार, ३० कात्तिक २०७४, १७ : ३०
बिहीबार, ३० कात्तिक २०७४

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी बिप्लवका जिल्ला नेता तथा राष्ट्रिय मधेशी मुक्ती मोर्चाका महासचिव बिक्रम प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । 
यादवको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार लुम्बिनी बिकास कोष नजीकै शिवगढिया चोकको एक चियापसलमा बसिरहेको बेला ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले नेता यादवलाई बुधवार पक्राउ गरेको हो । 
पक्राउ गरिएका नेता यादवलाई सार्बजनिक अपराध ऐन मुद्दाका लागि बिहीवार रुपन्देही जिल्ला अदालतमा म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकारी गराए । 
यद्यपि प्रहरी हिरासतमा रहेका नेता यादवको परिवारले रिहाईका लागि दावव दिन सञ्चार तथा मानअधिकार लगायतसँग आग्रह गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप