वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
शनिबार, ०५ जेठ २०८१, १३ : ४०
एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार राति उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ ।
जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताए । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण