वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
शनिबार, ०५ जेठ २०८१, १३ : ४०

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार राति उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ ।
जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताए । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठाओले भन्यो- नियमित शुल्क बाहेक कुनै पनि भाडा वृद्धि भएको छैन
-
दमकमा हावाहुरीको वितण्डा, तस्बिरहरू
-
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
-
कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद
-
सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता
-
सस्तो रक्सीको भन्सार घटेको पाएपछि सरकारले सच्यायो आर्थिक विधेयक