सुन १४ सयले बढ्दा चाँदीको मूल्य पनि उकालो
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी मूल्य समेत कायम गरेको थियो ।
साताको बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म कायम भएको थियो । जुन, अहिलेसम्मको सबैभन्दा उच्च हो । यद्यपि शुक्रबार भने तोलामा ७०० रुपैयाँले घटेर कारोबार सुरु भएको थियो ।
यस्तै यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साता चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो । जुन यो साताको शुक्रबार बढेर १८ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो प्रतितोला ६५ रुपैयाँको वृद्धि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण