इटालीमा बाढी : एक जनाको मृत्यु
इटाली । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण आएको बाढीले उत्तरी इटालीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ विस्थापित भएका छन् । उत्तर पूर्वी भेनेटोमा जारी उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उद्धार टोलीहरूले पछिल्लो ४८ घण्टामा करिब २,५०० आपत्कालीन कलहरू प्राप्त गरेको बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा अग्नि नियन्त्रकहरूले शुक्रबार एक ६६ वर्षीय व्यक्तिको मृत्यु भएको बताइएको छ । शुक्रबारसम्म लोम्बार्डीका गभर्नर एटिलियो फोन्टानाले स्थिति धेरै जटिल रहेको बताए ।
इटालियन किसान युनियन कोल्डिरेट्टीले कृषि उत्पादनमा क्षति पुगेको बताए । खेतबारीहरू तीव्र असिना, वर्षा र आँधीबेहरीको शिकार भएपछि यस क्षेत्रमा केही रोपण प्रक्रियाहरू जोखिममा छन् । मान्टोभा प्रान्तको बोर्गो मान्टोभानो नजिकै प्रतिघण्टा २०० किलोमिटरको हावाका कारण एउटा मालवाहक रेल पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण